गण्डकीमा ३८४ जनाको परीक्षण गर्दा ३९ जनामा कोरोना संक्रमण, ९५ संक्रमणमुक्त

गण्डकीमा ३८४ जनाको परीक्षण गर्दा ३९ जनामा कोरोना संक्रमण, ९५ संक्रमणमुक्त

Gandaki covid corona 5

पछिल्लो २४ घण्टामा नमुना संकलन गरी परीक्षण गर्दा गण्डकीका ३९ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ३८४ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

संक्रमण पुष्टि हुनेमा गण्डकीका सात जिल्लाका छन् । जसअन्तर्गत कास्कीका २७ जना, तनहुँका दुई जना, लमजुङका एक जना, नवलपुरका दुई जना छन् भने, स्याङ्गजाका चार जना, पर्वतका एक जना र म्याग्दी जिल्लाका दुई जनामा कोरोना पुष्टि भएको छ।

संक्रमण पुष्टि भएकाससँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ८४ हजार ९८० पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ९५ जना कोरोनामुक्त भएका छन् । योसँगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ८४ हजार ९८० पुगेको छ। भने अहिले प्रदेशभार ४१० संक्रमित छन् ।

गण्डकीमा हालसम्म कोरोना संक्रमणकै कारण १३८८ जनाले ज्यान गुमाएको निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
जम्न थाले मनाङका नदी र ताल
पत्रकार आरजु विष्ट सल्यानी सम्मानित

ट्रेन्डिङ


This will close in 3 seconds