नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तीन दिन पनि नटिक्नेगरी प्रधानन्यायाधीशका मान्छेलाई मन्त्री बनाएर प्रधानमन्त्रीले तमासा देखाएको बताएका छन्।
पार्टीको नवनिर्वाचित भरतपुर महानगर समितिले गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै पौडेलले सभापतिले सरकारको नेतृत्व गर्दा पार्टीको बदनाम गर्दै गएको बताए।
‘कोटामा एउटालाई मन्त्री भर्ती गरियो, बनायो दुई-तीन दिनमै राजीनामा दिनुपर्यो,’ उनले भने, ‘यसले पार्टीको बदनाम भएको छ। नेपाली कांग्रेसको इज्जत र प्रतिष्ठामाथि खेलवाड गर्न के पार्टी सभापतिलाई अधिकार छ? प्रधानमन्त्रीलाई अधिकार छ?’
नेता पौडेलले अबका निर्वाचनमा अन्य पार्टीको चुनाव चिन्हमा भोट हाल्न नपर्ने गरी पार्टीलाई अघि बढाउन आफू लाग्ने बताए।
‘अबको निर्वाचनमा हाम्रो पार्टीका कार्यकर्ताले हँसिया, हथौडा, सूर्य, हलो कुनै पनि चिन्हमा भोट हाल्न नपर्नेगरी अघि बढ्छौं,’ उनले भने, ‘तपाईंहरूले पार्टीको नेतृत्व चुन्दा विचार पुर्याउनुहोला।’
पौडेलले पार्टीको अहिलेको नेतृत्वले कार्यकर्ताको भावना नबुझी अरू पार्टीका मान्छेलाई भोट हाल्न लगाएर आत्मसम्मानमा चोट पुर्याएको बताए।
नेपाली कांग्रेसका कार्यकर्ताले विगतमा संसदीय चुनावमा राप्रपाका नेता विक्रम पाण्डे र भरतपुरको मेयरको चुनावमा माओवादी केन्द्रकी रेनु दाहाललाई भोट हालेका थिए।
सम्बन्धित खबर
१४ महिनापछि राजीनामा दिन्छु अनि शेरबहादुरजी प्रधानमन्त्रीः ओली [भिडियो]
‘मन्त्री नै अनलाइनका समाचारदाता रहेछन्, क्याबिनेट बस्दा अब मोबाइल बाहिरै’: प्रवक्ता गुरूङ
सामाजिक सञ्जाल कम्पनी दर्ता गर्न ७ दिने अल्टिमेटम, दर्ता नभए प्रतिबन्ध लगाउने
सत्ता समीकरण फेरबदल नहुने देउवाको प्रष्टीकरण [भिडियो]
सरकार ढल्ने हल्ला सुनेर हामी छक्क पर्यौं, देउवा र ओलीबीच हिजो फोनमा कुराकानी भयो- डा. आरजु [भिडियो]
स्टन्ट र गाली गरेर देश बन्दैनः सुनिता डंगोल
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध