शुक्रबार गण्डकीका ९२ जनामा कोरोना पुष्टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ५९३ जनामा गरिएको नमुना परीक्षणमा थप ९२ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
आज संक्रमण पुष्टि हुनेमा गण्डकीका छ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ६७ जना, तनहुँका १४ जना, नवलपुरका एक जना, स्याङ्गजाका छ जना, पर्वतका एक जना र म्याग्दी जिल्लाका एक जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ८६ हजार २७३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट १०८ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ८३ हजार ८७४ पुगेको छ। गण्डकीमा हाल सक्रिय संक्रमितको संख्या १०२६ छ।
शुक्रबार गण्डकीमा थप एक जना संक्रमितको मृत्यु पुष्टि भएको छ। आज मृत्यु हुनेमा स्याङ्गजा जिल्ला पुतली बजार नगरपालिका -१४ निवासी ८६ वर्षीय वृद्ध छन्। आज मृत्यु पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १३७३ पुगेको निर्देशनालयले जनाएको छ।
सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम