नेपाली कांग्रेसमा मन्त्रालय भागवण्डाको किचलो सकिएको छैन । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष तत्काल सरकारमा सहभागी हुने सम्भावना कम देखिएको छ।
पार्टीको भागमा परेकामध्ये तीन मन्त्रालय पाउनुपर्ने अडान राखेको पौडेल समूह भनेअनुसार नहुने भएपछि तत्काल सरकारमा सहभागी हुने सम्भावना न्यून देखिएको हो।
गत बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा पौडेल समूहले तीन मन्त्रालय पाउनुपर्ने अडान राखेको थियो। तर पार्टी सभापतिसमेत रहेका प्रधामन्त्री शेरबहादुर देउवाले दुई मन्त्रालय मात्रै दिने बताएपछि पौडेल समूह छलफल निष्कर्षमा नपुग्दै बैठकबाट बाहिरिएको थियो।
स्रोतले शुक्रबार पौडेल समूहबाट मन्त्रिपरिषद्मा प्रतिनिधित्व हुने सम्भावना न्यून रहेको दाबी गरेको छ। प्रधानमन्त्री देउवा पौडेल पक्षलाई दुई र कृष्णप्रसाद सिटौला समूहलाई एउटा मन्त्रालय दिने योजनामा छन्।
सम्बन्धित खबर
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
खोला किनारामा २० मिटर मापदण्डको फैसला सर्वोच्चले पुनरावलोकन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते