आजदेखि सार्वजनिक यातायातलाई ‘रुट पर्मिट’ नचाहिने

आजदेखि सार्वजनिक यातायातलाई ‘रुट पर्मिट’ नचाहिने

bus-youn-durbabahar

काठमाडौँ । आजदेखि सार्वजनिक गाडी जुनसुकै रुटमा पनि चल्न पाएका छन् ।

दशैँमा आवत–जावतलाई सहज बनाउन आजदेखि रुट पर्मिट हटाइएको हो । आजदेखि कोजाग्रत पूर्णिमासम्म सार्वजनिक गाडी जुनसुकै ठाउँमा जान सक्नेछन् ।

यस्तै, सबैभन्दा बढी व्यस्त हुने नारायणघाटदेखि काठमाडौँसम्मको सडकमा ठूला गाडी सञ्चालनमा रोक लगाएको छ । यातायात व्यवस्था विभागका अनुसार खाद्यान्नलगायतका अत्यावश्यक वस्तुहरूको ढुवानी गर्ने साधनलाई भने रोकिने छैन ।

ट्रेलरलगायतका ठूला गाडीलाई भने कोजाग्रत पूर्णिमासम्म रोक लगाएको विभागले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds