घरेलु टोली क्यासल फाइनलमा, सविन बाहिरियो

घरेलु टोली क्यासल फाइनलमा, सविन बाहिरियो

IMG_0373

पोखरा । घरेलुटोली स्पोट्र्स क्यासलराष्ट्रिय ए डिभिजन फुटसल लिगको फाइनल प्रवेश गर्दा सविन मेमोरियल भने बाहिरीएको छ ।

पोखरा रंगशाला बहुउदेश्यीय कभर्डहलमा फाइनल प्रवेशका लागि भएको खेलमा क्यासलले द राइजिङ क्लब धरानलाई ८–६ को गोल अन्तरले हराउँदै जित हात पारको हो । अत्यन्तै प्रतिस्पर्धात्मक खेलको सुरुवातमा क्यासले २ गोलको अग्रता लिएपनि जित हातपार्न भने निकै हम्मे हम्मे प-यो। क्यासललाई फाइनलमा पुर्‍याउन सुमित श्रेष्ठ (मेस्सी) नायक बने ।

खेलको चौथो मिनेटमा किशोर गुरुङले गोल गर्दै क्यासललाई अग्रता दिलाए । छैटौं मिनेटमा विजय गुरुङले गोल गर्दै अग्रता दोब्बर पारे । २ गोलले पछि परेको राइजिङले नवौं मनेटमा हेमन्त थापाको गोलमा खेलमा फर्कने आशा दिलाए । १२ औं मिनेटमा मिलन राईले बराबरी गोल फर्काए । १३ औं मिनेटमा सुदिप गुरुङले गोल गर्दै राइजिङलाई अग्रता दिलाए । २३ औं मिनेटमा हेमन्तले पनि व्यत्तिलगत दोस्रो गोल गर्दै राइजिङलाई ४–२ को स्थितिमा पुर्‍याए ।

खेलको २८ औं मिनेटमा किशोरले व्यक्तिगत दोस्रो गोल गर्दै क्यासललाई अग्रता घटान मद्धत गरे । २८ औं मिनेटमा सुमितले पनि व्यक्तिगत दोस्रो गोल गर्दै खेल बराबरीमा ल्याए । ३१ औं मिनेटमा राइजिङका मिलनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीका लागि चौथो गोल गरे । ३२ औं मिनेटमा सुदिपले पनि व्यक्तिगत दोस्रो गोलमा टोलीलाई ६–४ को स्थितिमा लगे ।

दबाबमा परेको क्यासलका लागि ३४ औं मिनेटमा गोल गरे । उनले ४० औं मिनेटमा ह्याट्रिक पुरा गर्दै टोलीलाई खेलमा फर्काए । सोहि समय अर्थात ४० औं मिनेटमा क्यासलका किशोरले पनि ह्याट्रिक पुरा गर्दै खेल बराबरीमा ल्याए । यस अघि ३९ औं मिनेटमा सुरज गुरुङले क्यासलका लागि गोल गरे । क्यासल लिग तालिकाको शिर्ष स्थानमा रहँदै प्लेअफमा पुगेको थियो । यस्तै राइजिङपनि दोस्रो स्थानमा रहँदै प्लेअफमा पुगको थियो ।

यस्तै सविन मेमोरियल शंखमुलसंग ३–२ को हार व्यहोर्दै प्लेअफबाट बाहिरीएको छ । अब शंखमुलले फाइनल प्रवेशका लागि द राइजिङ क्लब धरानसंग खेल्ने छ । शंखमुलका जेनिश प्रजापतिले खेलको ११ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । पहिलो हाफ १ गोलको अग्रता लिएको शंखमुलले दोस्रो हाफमा थप २ गोल ग-यो। क्रिजल खड्काले २४ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे ।

सविनका सरोज गुरुङले २७ औं मिनेटमा गोल गर्दै अग्रता घटाए । शंखमुलका क्रिजलले ३० औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा शंखमुल ३–१ ले अघि रह्यो । सविनले पाएको अवसरको सदुपयोग गर्न नसक्दा हार व्यहोरेको हो । खेलको ३५ औं मिनेटमा मनोज गुरुङले गोल गर्दै अग्रता घटाएपनि अवसरको सदुपयोग गर्न नसक्दा हार व्यहोरेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds