कास्कीका १६२ जनाको परीक्षण गर्दा ५७ जना पोजेटिभ, थप एकको मृत्यु

कास्कीका १६२ जनाको परीक्षण गर्दा ५७ जना पोजेटिभ, थप एकको मृत्यु

covid-19-corona

बुधबार गण्डकीका ९३ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ७१६ जनामा गरिएको नमुना परीक्षणमा थप ९३ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

आज संक्रमण पुष्टि हुनेमा गण्डकीका छ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ५७ जना, तनहुँका चार जना, गोरखाका छ जना, लमजुङका छ जना र नवलपुरका पाँच जनामा कोरोना पुष्टि भएको छ । भने, स्याङ्गजाका १५ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

आज आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ८६ हजार १८१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ८४ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ८३ हजार ७६६ पुगेको छ। गण्डकीमा हाल सक्रिय संक्रमितको संख्या १०४३ छ।

बुधबार गण्डकीमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु पुष्टि भएको छ।  आज मृत्यु हुनेमा कास्की जिल्ल्ला पोखरा महानगरपालिका वडा नं -७ निवासी ८८ वर्षीय वृद्ध छन्। आज मृत्यु पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १३७२ पुगेको निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
जम्न थाले मनाङका नदी र ताल
पत्रकार आरजु विष्ट सल्यानी सम्मानित

ट्रेन्डिङ


This will close in 3 seconds