उदयपुर । उदयपुरमा यौन शोषणको आरोपमा एक जना कानुन व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
एकल महिलालाई यौन शोषण गरेको आरोपमा बेलका नगरपालिका– ७ रामपुरठोक्सिला स्थायी घर भई गाईघाटमा बस्दै आएका सुमन भन्ने किरण केसीलाई प्रहरीले पक्राउ गरेको हो । केसी नेपाल बार एसोसिएसन जिल्ला सदस्य पनि हुन् ।
चौदन्डीगढी नगरपालिका– ८ सिद्धिपुर निवासी पीडित महिलाले आफूलाई १० वर्षदेखि बन्धक बनाई यौन शोषण गर्दै आएको उजुरी जिल्ला प्रहरी कार्यालयमा दिएकी छन् । उजुरीका आधारमा जबर्जस्ती करणी मुद्दामा अनुसन्धानका लागि म्याद थप गरी केसीमाथि अनुसन्धान थालेको प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।
विवाह गर्ने प्रलोभन दिएर यौन शोषण गरेको र आफूले विदेशबाट कमाएर ल्याएको पैसा पनि खाएको पीडित महिलाको आरोप छ ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम