रुपन्देही । रुपन्देहीमा खुकुरी प्रहारबाट एक जनाको हत्या भएको छ । अर्का एकजना घाइते भएका छन् ।
आइतबार राति रुपन्देहीको शुद्धोधन–३ बेतानीमा प्लाई उद्योगमा काम गर्ने पश्चिम नवलपरासीको सुस्ता– ३ का अवदेश चमारको हत्या भएको हो ।
प्रहरीका अनुसार एउटै उद्योगमा काम गर्ने भारतीय मजदुर रवि सिंहको खुकुरी प्रहारबाट उनको मृत्यु भएको हो ।
खुकुरी प्रहारबाट गम्भीर घाइते भएका चमारको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । मादक पदार्थ सेवन गरेपछि मजदुरबीच विवाद भएको र त्यसपछि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ ।
रविले अवधेशलाई खुकुरी हानेपछि उनका बुवा गोपिचन्दलाई समेत प्रहार गरेका थिए । गोपिचन्दको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । सिंहलाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ