चुडामणि शर्मासँग ५० लाख रुपैयाँ धरौटी माग

चुडामणि शर्मासँग ५० लाख रुपैयाँ धरौटी माग

Chudamani-Sharma

आन्तरिक राजश्व विभागका तत्कालिन महानिर्देशक चूडामणि शर्मालाई थप ५० लाख धरौटी माग गरेको छ। कर फर्छ्यौट आयोगमा हुँदा विभिन्न करदाताहरूलाई अनियमिततापूर्वक छुट दिएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनी विरूद्ध चारवर्षअघि भ्रष्टाचार मुद्दा लगाएको थियो।

गत मंसिरमा शर्मालाई एक करोड रुपैया धरौटीमा रिहा गर्ने आदेश बमोजिम धरौटी राखी रिहा गरिएको थियो ।

उनले आयोगमा हुँदा १ अर्ब ३३ लाख बराबरको अनियमित छुट दिएको अख्तियारको आरोप थियो। सदस्य न्यायाधीश अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले शर्मासँग ५० लाख धरौटी माग गरेको अदालतले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ