सेनेटरी प्याडको भन्सार महसुल नबढाएको सरकारको स्पस्टोक्ति

सेनेटरी प्याडको भन्सार महसुल नबढाएको सरकारको स्पस्टोक्ति

artha mantryala

काठमाडौँ । सरकारले सेनेटरी प्याड आयातमा भन्सार महसुल नबढाएको स्पष्ट पारेको छ ।

अर्थ मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै सेनेटरी प्याड आयातमा आर्थिक वर्ष २०६९/७० अघिदेखि लाग्दै आएको १५ प्रतिशत भन्सार महशुल आर्थिक ऐन २०७८ मा जस्ताको तस्तै कायम राखिएको जनाएको हो ।

वर्तमान सरकारले महशुल बढाएको भन्ने तथ्यहीन हल्लाको भ्रममा नपर्न अनुरोध समेत गरेको छ ।

सरकारले सेनेटरी प्याड आयातमा भन्सार महसुल बढाएको भनी सामाजिक सञ्जाल र कतिपय सञ्चारमाध्यममार्फत फैलाइएको हल्लाप्रति मन्त्रालयको ध्यानाकर्षणसमेत भएको विज्ञप्तिमा उल्लेख छ ।

सेनेटरी प्याड उत्पादन गर्ने स्वदेशी उद्योगमा प्रयोग हुने कच्चापदार्थ आयातमा लाग्दै आएको १० प्रतिशत भन्सार महशुल आधा घटाएर ५ प्रतिशत मात्र कायम गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds