काठमाडौँ । चर्चित भारतीय अधिकारकर्मी तथा लेखक कमला भासिनको ७५ वर्षको उमेरमा निधन भएको छ ।
भासिनको आज बिहान तीन बजे निधन भएको अधिकारकर्मी कविता श्रीवास्तवले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएकी हुन् ।
उनकाअनुसार केही महिनाअघि उनलाई क्यान्सर रोगको पुष्टि भएको थियो ।
भासिनको निधनले भारत र दक्षिण एसियाको महिला आन्दोलनमा धक्का पुगेको भन्दै कविताले कठिन परिस्थितिका बाबजुद पनि उनले जीवनलाई उत्सवमय बनाएको उल्लेख गरेकी छन् ।
महिला अधिकारको क्षेत्रमा ठूलो योगदान पुर्याएकी भासिनले ‘सङ्गत’ नेटवर्कमार्फत अभियान चलाएकी थिइन् । भारतमा मध्यमवर्गीय महिलालाई बाँच्नको लागि निकै कठिन भएको भन्दै भासिनले भारतीय महिलालाई रोग, भोक र हिंसाबाट पीडित हुनबाट बचाउनुपर्ने अभियान चलाएकी थिइन् ।
भासिनको ‘क्यों कि मे लड्की हूँ, मुझे पढ्ना है’ चर्चित कविता हो।
सम्बन्धित खबर
कांग्रेस–एमालेको सत्ता गठबन्धनलाई हाम्रो पार्टीको समर्थन छ: भाजपा नेता जोली
इजरायलले लेबनानमा गरेको आक्रमणमा परी २३ जनाको मृत्यु
पाकिस्तानको रेलवे स्टेसनमा विस्फोट, १७ जनाको मृत्यु
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी
कडा प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रपतिको चुनाव आज
स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको सङ्ख्या २ सय नाघ्यो
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते