लेउवा संघ चुनावः पराजितबाट विजयीहरुलाई सम्मान र बधाई

लेउवा संघ चुनावः पराजितबाट विजयीहरुलाई सम्मान र बधाई

lcci-news-

चुनावमा हार्नेहरु कतिपय आफू बाहिरिएसँगै संस्थालाई फर्केर पनि नहेर्ने गरेको पाइन्छ । विभिन्न कारणले हराइयो, हराइदिए भन्दै मनमा तुष पालेर बस्छन्, चुनावका प्रतिपक्षीलाई सधैं प्रतिपक्ष व्यवहार गरेर असहयोग गर्ने पनि हुन्छन् । तर यहाँ उदाहरण लायक काम भएको छ ।

लेखनाथ उद्योग वाणिज्य संघको महाधिवेशनमा पराजित भएकाहरुले नवनिर्वाचित नेतृत्वलाई बधाई र सम्मानका लागि कार्यक्रम नै आयोजना गरेको छ ।  उपविजेता उम्मेदवारहरुले सम्मान तथा बधाई ज्ञापन गरेका हुन् ।

संघको सभाहलमा शुक्रबार आयोजित कार्यक्रममा नवनिर्वाचित अध्यक्ष क्षत्रधर आत्रेयले संस्थाको प्रचलनभन्दा एक कदम अघि बढेर आयोजना गरिएको यस कार्यक्रम सह्रानीय भएको बताउँदै सबैले अनुशरण गर्नुपर्ने बताए । उनले यसपालिको संघको निर्वाचनमा बजारमा अनावश्यक चर्चा भएको बताउँदै निर्वाचनपछिको परिणामले हल्ला भएजस्तो प्रभाव नदेखिएको दाबी गरे । व्यवसायीले राजनीतिक रुपमा नभई विशुद्ध व्यवसायीको प्रतिनिधिको रुपमा मतदान गरेको उनको भनाइ छ ।

संघमा प्रथम उपाध्यक्षका उपविजेता प्रकाशलाल श्रेष्ठले अनावश्यक हल्लाको पछि नलागी एकता, सद्भाव र समुन्नतिको लागि एकतावद्ध भएर अगाडि बढ्नुपर्ने बताए ।

संघका निवर्तमान अध्यक्ष बलराम ढकालले उपविजेताले सम्मान गरेको कार्यक्रम नेपालमै पहिलो भएको दाबी गरे । उनले यो क्षण ऐतिहासिक, अविस्मरणीय र उदाहरणीय भएको बताउँदै प्रशंसा गरे । संघको पूर्वनिर्धारित कार्यक्रम रोकिएको विषय तोडमोड एवं काल्पनिक कुरा गरेर दिग्भ्रमित पार्ने काम गरिएको बताउँदै यसतर्फ आत्मालोचित हुनुपर्ने उनको ठहर छ । चुनावका बेला देखिएको राजनीतिक प्रभावतर्फ संकेत गर्दै परिणामपछि पनि केही तत्वले बिकाउ कुरा गरेर भ्रम छर्न खोजेको र खेल्न खोजेकोमा आक्रोश व्यक्त गर्दै सत्य सधैं सत्य हुने र त्यसरी खेल्न खोज्नेहरु नै पत्तासाप हुने चेतावनी दिए ।

कार्यक्रम संयोजक धीरजकुमार श्रेष्ठले विजयी उम्मेदवारले उपविजेतालाई बोलाउने प्रचलनभन्दा माथि उठेर बधाई एवं सम्मान कार्यक्रम आयोजना गरिनुले सकारात्मक सन्देश प्रवाह हुने बताए ।

तस्वीरः लेखनाथ खबर

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds