काठमाडौँ । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन अन्र्तगत मंगलबार ७ जिल्लाको वडा अधिवेशन भएको छ ।
मंगलबार काठमाडौँसहित मोरङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, कपिलवस्तु, बर्दिया र बाजुरा जिल्लामा वडा अधिवेशन भएको निर्वाचन समितिले जनाएको छ ।
वडा अधिवेशन हुन बाँकी २० जिल्लामा मंगलबार अधिवेशन गर्ने भने पनि १३ जिल्लाको क्रियाशील सदस्यता विवाद समाधान हुन नसकेपछि ती जिल्लामा कार्यतालिका अनुसार वडाअधिवेशन हुन सकेन ।
प्रदेश नम्बर २ का आठ जिल्लासहित सुर्खेत, डोल्पा, रसुवा, रुपन्देही र कैलालीको वडा अधिवेशन सुरु हुन सकेको छैन । महाधिवेशनको कार्यतालिका अनुसार असोज ९ गते गाउँ–नगर अधिवेशन हुँदैछ ।
यस्तै, असोज १२ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन, असोज १५ गते एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन र असोज १८ गते दुई वा दुईभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन गर्ने निर्वाचन कार्यतालिका छ । यसैगरी कार्तिक १०, ११ र १२ गते प्रदेश अधिवेशन र मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने तय गरिएको छ ।
सम्बन्धित खबर
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
देशका दुई ठूला दलले शक्ति प्रदर्शन गर्दै
‘प्रधानमन्त्रीकै नागरिकता र हस्ताक्षर किर्ते गर्नेले कसैको बाँकी राख्दैन’
कांग्रेस–एमालेको सहमतिमा चीन भ्रमणका एजेन्डा तय हुन्छ : गृहमन्त्री लेखक
बीआरआई सम्झौताबारे एमालेसँग साझा धारणा बनाएर अघि बढ्छौं : गगन थापा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते