आशिष पुरी, पोखरा । रोट्र्याक्ट क्लब अफ न्यूरोड पोखराले विद्यार्थीलाई झोला तथा स्टेशनरी सामाग्री वितरण गरेको छ । क्लबले सञ्चालन गरेको झोला प्रोजेक्ट संस्करण अन्तर्गत यस वर्षपनि पोखरा २२ स्थित अनदु आधारभूत विद्यालयमा सहयोग प्रदान गरिएको हो ।
क्लबले विद्यालयमा झोला, शैक्षिक सामाग्रीको साथमा केही सरसफाईका सामग्रीहरु पनि वितरण गरेको जनाएको छ । क्लबका अध्यक्ष सुमन बरालको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका १ देखि ५ सम्मका १८ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरिएको थियो ।
अध्यक्ष बरालले भने – यो हाम्रो आठौँ संसकरणको कार्यक्रम हो। विगतका वर्षहरुमा पनि यसैगरी आवश्यक परेका विद्यालयलाई शैक्षिक सामाग्री प्रदान गर्दै आइरहेका छौं । यसबाट विभिन्न विद्यलायका १ हजार भन्दा बढी विद्यार्थी लाभान्वित भइसकेका छन् । आगामी वर्षहरुमा पनि यस कार्यक्रमले निरन्तरता पाउनेछ ।
अनदु आधारभूत विद्यालयका प्रधानाध्यापक भविनाथ बरालले निकै पूरानो यो विद्यालयलाई सम्झेर रोट्र्याक्ट क्लब अफ न्यूरोड पोखराले सहयोग गरेकोमा धन्यवाद दिए ।
सम्बन्धित खबर
छपन्न लाखको मेसिनबाट स्याङ्जामा सुन्तला ग्रेडिङ
पोखरामा जारी कोटिहोममा संंगीतमय भजन कृतन, भक्तजनको घुइँचो
पोखरामा अटोवेजबाट ‘एक्सपेङ जी–सिक्स’ को विक्री सुरू, एक हप्ताभित्र बुक गर्नेलाई २ लाख छुट
पट्नेरीमा गण्डकी प्रदेशकै पहिलो कोटिहोम सुरु
गण्डकी विश्वविद्यालयले दोस्रो कुलपति रनिङशिल्ड फुटबल प्रतियोगिता गर्दै
अलकापुरको रक्तदानमा ४८ युनिट संकलन
यो पनि पढौँ
पोखरामा ट्रकको ठक्करबाट सामाजिक अभियन्ता गिभिना मगरकी आमाको मृत्यु
गिभिनालाई मातृ र भातृशोकः आमा गुमेकै रात भाइ पनि रहेनन्
भारतबाट पहिलोपटक जहाज आयो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा
पोखरामा मोटरसाइकल चोरी गरी पाटपुर्जा झिकेर बिक्री गर्ने युवक पक्राउ