आशिष पुरी । पोखरा महानगरपालिका वडा नं. १० उत्तमचोकमा द बारबर क्लब सञ्चालनमा आएको छ । समयानूकुल हेयर कटिङ र डिजाइनका लागि युवाकेन्द्रित रहेर सुविधासम्पन्न बारबर क्लब सञ्चालनमा आएको हो ।
सञ्चालक शम्भुजङ्ग कार्कीका अनुसार ३० लाख बढी लगानीमा अत्याधुनिक सुविधासहितको बार्बर क्लब खोलिएको हो । विश्वकर्मा पूजाको दिन शुक्रबारबाट शुभारम्भ भएको क्लबको ग्राण्ड ओपनिङ असोज २१ गतेसम्म चल्ने उनले बताए ।
पोखरा वडा नं. १३ का अध्यक्ष दर्शन लामाले एक समारोहका बीच शुभारम्भ गरेका हुन् । अध्यक्ष लामाले युवाहरु स्वावलम्बी बन्दै यसरी उद्यमी, व्यवसायी बन्दा राष्ट्रलाई योगदान पुग्ने बताए ।
सौन्दर्यताका लागि तथा विशेषगरी व्यक्ति चाहना अनुरुपको डिजाइन अनुसारको कपाल कटिङ, कलरिङ, कान छेड्ने, फेसियल लगाएतका सेवा प्रदान गरिने कार्कीले बताए । विवाहको श्रृङगार, कपाल रङ्गाउने, ठाडो पार्ने, मेनिकेयर, पेडिकेयर जस्ता सबै काम हुनेछन् ।
युवा व्यवसायी कार्कीले यस अघिनै यशोदा फर्निचर उद्योग तथा मेटल सञ्चालनमा ल्याइसकेका छन् ।
सम्बन्धित खबर
छपन्न लाखको मेसिनबाट स्याङ्जामा सुन्तला ग्रेडिङ
पोखरामा जारी कोटिहोममा संंगीतमय भजन कृतन, भक्तजनको घुइँचो
पोखरामा अटोवेजबाट ‘एक्सपेङ जी–सिक्स’ को विक्री सुरू, एक हप्ताभित्र बुक गर्नेलाई २ लाख छुट
पट्नेरीमा गण्डकी प्रदेशकै पहिलो कोटिहोम सुरु
गण्डकी विश्वविद्यालयले दोस्रो कुलपति रनिङशिल्ड फुटबल प्रतियोगिता गर्दै
अलकापुरको रक्तदानमा ४८ युनिट संकलन
यो पनि पढौँ
पोखरामा ट्रकको ठक्करबाट सामाजिक अभियन्ता गिभिना मगरकी आमाको मृत्यु
गिभिनालाई मातृ र भातृशोकः आमा गुमेकै रात भाइ पनि रहेनन्
भारतबाट पहिलोपटक जहाज आयो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा
पोखरामा मोटरसाइकल चोरी गरी पाटपुर्जा झिकेर बिक्री गर्ने युवक पक्राउ