आज विश्वकर्मा पूजा एवं वास्तु दिवस मनाइँदै

आज विश्वकर्मा पूजा एवं वास्तु दिवस मनाइँदै

visBiwakarma

काठमाडौँ । आश्विन सङ्क्रान्तिका दिन आज कालिगडले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् ।

विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ ।

आजका दिन फलामे औजारको पूजा गर्नाले लामो समयसम्म टिक्ने विश्वास छ । विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी पूजाआजा गर्ने चलन रहेको छ । विश्वकर्मा पूजाको अवसरमा वर्षभरी कुनै अप्रिय घटना नहोस् भनेर मेसिन तथा औजारहरुको पूजा गर्ने चलन छ ।

कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । आज बालुवा वा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी गरिन्छ । शनिबारदेखि नदीमा लगी मूर्ति सेलाइन्छ ।

यस्तै, वास्तु शास्त्र पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्हरुले वास्तु दिवसका रूपमा समेत मनाउने गर्छन् । पछिल्लो समय नेपालमा पनि वास्तु विद्याको पुनर्जागरण सुरु भएको छ । चार उपवेदमध्येको एक स्थापत्यवेदमा वास्तुकै विषय उल्लेख गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ