पोखरा । नेपाल कम्युनिस्ट पार्टी एकीकृत (समाजवादी)ले गण्डकी प्रदेश कमिटी निर्माण गरेको छ । प्रदेश इञ्चार्ज केशवलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको बैठकले प्रदेशका अग्रणी नेता तुल बहादुर गुरुङको अध्यक्षतामा प्रदेश कमिटी निर्माण गरेको हो ।
त्यसैगरी, प्रदेश कमिटीको सचिवमा प्रतापलाल श्रेष्ठ, उपसचिवमा श्रीनाथ बरालसहित १३५ सदस्यीय प्रदेश कमिटी निर्माण गरेको छ ।
गण्डकी प्रदेश साविक धौलागिरी अञ्चल र गण्डकी अञ्चल मिलेर बनेको हुँदा उपाध्यक्ष र २ सचिव पद अहिलेलाई खाली राखिएको छ ।
साथै, बैठकले १० बुँदे ठोस कार्यक्रमका साथ युद्ध स्तरमा कमिटीहरु निर्माण गर्ने र पार्टीजीवनलाई थप व्यवस्थित बनाउँदै लैजाने निर्णय समेत गरेको छ ।
गण्डकी प्रदेशका अध्यक्ष गुरुङ अनेरास्ववियुको दुई कार्यकाल केन्द्रिय अध्यक्ष सम्हालिसकेका र इमान्दार तथा निष्ठावान नेताको छवि बनाउन सफल नेता मानिन्छन् । गुरुङ पूर्व मन्त्री पनि हुन् ।
सम्बन्धित खबर
राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ