पोखरामा एक जना युवाले मोटरसाइकलको लेगगार्डमा झुण्डाएको झोला बाटोमै खस्दा पौने ८ लाख हराएको भन्दै प्रहरीकहाँ उजुरी गरेका छन् ।
नगद रकम राखेको सेतो प्लास्टिकको झोला खसेर सात लाख ७६ हजार रकम हराएको बताइएको छ । सोमबार मध्यान्ह पौने १२ बजेको समयमा कास्कीको पोखरा ५ पर्स्याङ सिमाना मार्गबाट न्यूरोड नगरपालिकाको कार्यालयसम्म आउने क्रममा नगद रकम राखेको झोला खसेको भनी उनले निवेदन दिएका छन् ।
बारा स्थायी घर भई हाल पोखरा १४ चाउथे बस्ने २८ वर्षीय हरिकृष्ण मैनाली (फोन नं ९८४६६३७२६०) ले सेतो प्लास्टिकको झोलामा नगद सात लाख छयाहत्तर हजार राखी मोटरसाईकलको लेगगार्डमा झुण्याई मोटरसाइकल गुडाएको उल्लेख गरेका छन् ।
कोहि कसैले फेला पारेमा नजिकको प्रहरी कार्यालयमा बुझाउन वा जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले सार्वजनिक अपिल गरेको छ ।
(प्रतिकात्मक तस्वीर)
सम्बन्धित खबर
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
करमा छलकपट गर्नेलाई बढी दण्ड: प्रमुख कर अधिकृत शर्मा
सफल फेमिली मिल्क बजारमा, ‘ढुक्क भई पिऔँ, इम्यूनिटी बढाऔँ’
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते