गोन्जालोको निधनले क्रान्तिको एउटा मोडेल तत्कालका लागि अन्त्यः प्रचण्ड

गोन्जालोको निधनले क्रान्तिको एउटा मोडेल तत्कालका लागि अन्त्यः प्रचण्ड

prachanda-gonjalo

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेरु कम्युनिष्ट पार्टीका नेता गुजम्यान (गोन्जालो)को निधनले क्रान्तिको एउटा मोडेल तत्कालका लागि अन्त्य भएको बताएका छन् ।

उनले सामाजिक सन्जाल फेसबुकमार्फत उक्त धारणा सार्वजनिक गरेका हुन् ।

प्रचण्डले गोन्जालो वैचारिक निष्ठा, त्याग र समर्पणको प्रतीक बनेको भन्दै उनको निधनमा श्रद्धाञ्जली प्रकट पनि गरेका छन् ।

पेरुमा सशस्त्र क्रान्ति थालेका गुजम्यानले आतङ्क फैलाएको आरोपमा सन् १९९२ देखि आजीवन कारावासको सजाय भोग्दै आएका थिए ।

जेलमै रहेको अवस्थामा ८६ वर्षको उमेरमा शनिबार गोन्जालोको निधन भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds