थारू समुदायले अट्वारी पर्व मनाउँदै

थारू समुदायले अट्वारी पर्व मनाउँदै

atwari

काठमाडौँ । थारू समुदायले आज अट्वारी पर्व मनाउँदैछन् ।

बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दाङमा बसोबास गर्ने थारु समुदायले माघीपछिको ठूलो पर्वका रुपमा अट्वारीलाई मनाउने गर्छन्। तीजपछिको पहिलो आइतबार व्रत बस्ने र सोमबार सकिने गर्छ ।

आइतबार दिनभरि व्रत बसेर दाजुभाइले बेलुका पूजापाठ गरेर फलफूल र अनदीको रोटी खाने गर्छन् । पर्वको पहिलो रात दरका रुपमा भात, माछा चोखो तरिकाले पकाउने र भाले नबास्दै उठेर खाने चलन छ । त्यस्तै अट्वारीको दोस्रो दिन बिहानै नुहाइधुवाइ गरेर तीन, पाँच अथवा सात प्रकारको तरकारी पकाइन्छ ।

परिकार खानुपूर्व आफ्नो खानाबाट आधा भाग झिकेर अलग राख्ने प्रचलन छ । यसरी छुट्याएको परिकार विवाहित छोरीचेलीलाई कोसेलीका रूपमा उपहार दिने गरिन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ