कांग्रेस निर्वाचन समिति संयोजक यादवको राजीनामा अस्वीकृत

कांग्रेस निर्वाचन समिति संयोजक यादवको राजीनामा अस्वीकृत

mahadev-yadav-congress

काठमाडौँ । नेपाली कांग्रेसको निर्वाचन समितिका संयोजक तथा पूर्वमहान्यायाधिवक्ता महादेव यादवले पदबाट दिएको राजीनामा अस्वीकृत भएको छ।

पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार बेलुका यादवको राजीनामा अस्वीकार गरेका हुन्। यादवले भदौ २३ गते केन्द्रीय कार्यालयमा राजीनामा पत्र बुझाएका थिए।

२० जिल्लामा वडा अधिवेशन ढिलो भएको भन्दै यादवले असन्तुष्टि जनाएर पदबाट राजीनामा दिएका थिए। तर, सभापति देउवाले उनको राजीनामा अस्वीकृत गर्दै महाधिवेशन सम्बन्धित बाँकी काम गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds