कास्कीका ३११ को परीक्षण गर्दा ७६ जना पोजेटिभ, २३० संक्रमणमुक्त

कास्कीका ३११ को परीक्षण गर्दा ७६ जना पोजेटिभ, २३० संक्रमणमुक्त

corona covid gandaki

बुधबार गण्डकीका १६३ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १०६५ जनामा गरिएको नमुना परीक्षणमा थप १६३ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।

आज संक्रमण पुष्टि हुनेमा गण्डकीका नौ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ७६ जना, तनहुँका १२ जना, गोरखाका सात जना, लमजुङका १२ जना र नवलपुरका ३१ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै स्याङ्गजाका १५ जना, पर्वतका तीन जना, बागलुङका छ जना र म्याग्दी जिल्लाका एक जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

आज आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ८२ हजार ९९२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट २३० जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ७९ हजार ५९१ पुगेको छ।

बुधबार गण्डकीमा थप चार जनाको कोरोना संक्रमणका कारण मृत्यु पुष्टि भएको छ। आज मृत्यु पुष्टि हुनेमा बागलुङका एक जना, तनहुँका एक जना र कास्की पोखराका दुई जना छन्।

आज मृत्यु पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको कूल संख्या १३२०  पुगेको निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
जम्न थाले मनाङका नदी र ताल
पत्रकार आरजु विष्ट सल्यानी सम्मानित

ट्रेन्डिङ


This will close in 3 seconds