गण्डकीमा ११२३ को परीक्षण गर्दा २५२ जना पोजेटिभ, कास्कीमा जोखिम कायमै

गण्डकीमा ११२३ को परीक्षण गर्दा २५२ जना पोजेटिभ, कास्कीमा जोखिम कायमै

Gandaki covid corona 2

पोखरा। सोमबार गण्डकीका २५२ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ११२३ जनामा गरिएको नमुना परीक्षणमा थप २५२ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।

आज संक्रमण पुष्टि हुनेमा गण्डकीका नौ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका १६३ जना, तनहुँका १७ जना, गोरखाका एक जना, लमजुङका पाँच जना र नवलपुरका २० जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै स्याङ्गजाका ३३ जना, पर्वतका दुई जना, बागलुङका दुई जना र म्याग्दी जिल्लाका नौ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

आज आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ८२ हजार ६८१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ३५० जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ७९ हजार ५७ पुगेको छ।

सोमबार गण्डकीमा थप तीन जनाको कोरोना संक्रमणका कारण मृत्यु पुष्टि भएको छ। आज मृत्यु पुष्टि हुनेमा नवलपुरका एक जना, पर्वतका एक जना र कास्की पोखराका एक जना छन्

आज मृत्यु पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको कूल संख्या १३१५ पुगेको निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
जम्न थाले मनाङका नदी र ताल
पत्रकार आरजु विष्ट सल्यानी सम्मानित

ट्रेन्डिङ


This will close in 3 seconds