काठमाडौँ । नेकपा एमालेले नयाँ दलमा संलग्न हुने सूचनाबाट प्रभावित नहुन आफ्ना जनप्रतिनिधिलाई आग्रह गरेको छ।
एमाले महासचिव ईश्वर पोखरेलले विज्ञप्ति निकालेर सूर्य चिह्नबाट निर्वाचित प्रदेश सभा र पालिकाका जनप्रतिनिधिलाई नयाँ दलमा नलाग्न आग्रह गरेका हुन् ।
‘विभाजनको लागि जानीजानी अलोकतान्त्रिक अध्यादेश ल्याएर नेकपा (एमाले) मा ठूलो विभाजन होस् भन्ने कामनासाथ गरिएको हर्कत पूरा नभएपछि २१ दिनको समयावधिभित्र एमालेका प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिहरुलाई हामीबाट चोइटिएर बनेको पार्टीमा लाग्नको लागि केही अन्य पार्टीका नेता कार्यकर्ताहरुले समेत देशैभर प्रलोभन दिने, धम्क्याउने जस्ता क्रियाकलापहरु गरिरहेको विषयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । अन्य पार्टीको यो हर्कतले एमालेको विभाजन कसले चाहिरहेको छ भन्ने छर्लङ्ग भएको छ’, विज्ञप्तिमा भनिएको छ ।
एमालेले आफ्नो आन्तरिक मामिलामा आँखा नलगाउन अन्य राजनीतिक दलहरुलाई चेतावनीसमेत दिएको छ ।
सम्बन्धित खबर
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
देशका दुई ठूला दलले शक्ति प्रदर्शन गर्दै
‘प्रधानमन्त्रीकै नागरिकता र हस्ताक्षर किर्ते गर्नेले कसैको बाँकी राख्दैन’
कांग्रेस–एमालेको सहमतिमा चीन भ्रमणका एजेन्डा तय हुन्छ : गृहमन्त्री लेखक
बीआरआई सम्झौताबारे एमालेसँग साझा धारणा बनाएर अघि बढ्छौं : गगन थापा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते