राष्ट्रपतिद्वारा २३ गतेको लागि संसद अधिवेशन आह्वान

राष्ट्रपतिद्वारा २३ गतेको लागि संसद अधिवेशन आह्वान

bidhyadevi-bhandari

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको अधिवेशन भदौ २३ गते बुधबारको लागि लागि आह्वान गरेकी छन् ।

शनिबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन भदौ २३ गते दिउँसो ४ बजेका लागि आह्वान गरेकी हुन् ।

सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश र अमेरिकी सहयोग एमसीसीको प्रस्तावबारे छलफल गर्न अधिवेशन बोलाएको बुझिएको छ ।

संसद अधिवेशन बोलाउनेबारे शनिबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्नि सापकोटा र सत्ता साझेदार दलका शीर्ष नेताबीच छलफल भएको थियो ।

यसअघि गएको साउन ३२ गते संसद अधिवेशन अन्त्य गरेर सरकारले पार्टी फुटाउन सजिलो हुनेगरी अध्यादेश ल्याएको थियो । सरकारले ल्याएको अध्यादेशपछि नेकपा एमाले र जनता समाजवादी पार्टी फुटेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds