अमेरिकामा समुद्री आँधी र बाढीमा परी ४१ जनाको मृत्यु

अमेरिकामा समुद्री आँधी र बाढीमा परी ४१ जनाको मृत्यु

badhi

काठमाडौँ । अमेरिकामा आएको बाढी र आँधीबेहरीमा परेर ४१ जनाको मृत्यु भएको छ ।

अमेरिकाको न्यु योर्क र न्यु जर्सी बाढीका कारण सबैभन्दा धेरै प्रभावित भएको छ । न्यु योर्क र न्यु जर्सी राज्यमा अस्वाभाविक वर्षा भएको छ । केही नागरिकहरु बाढीको चपेटामा परेका कार र भवनको सबैभन्दा मुनिको तलामा फसेका छन् ।

समुद्री आँधी आइडाका कारण त्यहाँ अहिलेसम्मकै उच्च वर्षा हुँदा बाढी आएको हो ।

बाढीका कारण न्यु जर्सीमा २३ जना, न्यु योर्कमा १४ जना, पेन्सलभेनियामा ३ जना र कनेटिकटमा एकजनाको मृत्यु भएको अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडनले जलवायु परिवर्तनको समस्यासँग जुध्न ऐतिहासिक लगानी आवश्यक रहेको बताएका छन् । जलवायु सम्बन्धी संकटको सामना गर्नु भनेको जीवन र मरणको सवाल भएको बाइडनले बताएका छन् ।

न्यु योर्कका सडकहरु डुबानमा परेका छन् । धेरैजसो रेल सेवा अवरुद्ध भएको छ । हवाई उडानहरु पनि रद्द गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds