गण्डकीमा ९९७ जनाको परीक्षण गर्दा २३५ जनामा संक्रमण, २८८ संक्रमणमुक्त

गण्डकीमा ९९७ जनाको परीक्षण गर्दा २३५ जनामा संक्रमण, २८८ संक्रमणमुक्त

Gandaki covid corona 2

बुधबार गण्डकीका २३५ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ९९७ जनामा गरिएको नमुना परीक्षणमा थप २३५ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।

आज संक्रमण पुष्टि हुनेमा गण्डकीका आठ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका १४७ जना, तनहुँका १३ जना, लमजुङका २५ जना र नवलपुरका १६ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै स्याङ्गजाका २८ जना, पर्वतका दुई जना र बागलुङका दुई जना र म्याग्दी जिल्लाका दुई जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

आज आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ८१ हजार ८१० पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट २८८ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ७७ हजार ३१० पुगेको छ।

बुधबार गण्डकीमा थप पाँच जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा स्याङ्गजाका एक जना, तनहुँका एक जना, बागलुङका एक जना र कास्की पोखरा महानगरका दुई जना छन् ।

आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १३०० पुगेको निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
जम्न थाले मनाङका नदी र ताल
पत्रकार आरजु विष्ट सल्यानी सम्मानित

ट्रेन्डिङ


This will close in 3 seconds