पोखरामा चर्को आवाज निकाल्दै ध्वनी प्रदुषण गरेको आरोपमा प्रहरीले एउटा मोटरसाइकललाई नियन्त्रणमा लिई जरिवाना तिराएर छाडेको छ।
गत शनिबार पोखरा महानगरपालिका -१४ भोटेचौतारा एरियामा चर्को आवाज निकाल्दै ध्वनी प्रदुषण गरी मोटरसाइकल चलाइरहेको अवस्थामा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीको टोलीले (प्र. -२-०२३- प. ४१०० नं. को क्रस फायर मोटरसाइकललाई नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएको उक्त मोटरसाइकललाई आवश्यक कारवाहीका लागि यातायात व्यवस्था कार्यालय कास्की पठाइएकोमा कार्यालयले सात हजार जरिवाना गरी पठाएको वडा प्रहरी कार्यालय रामबजारले जनाएको छ। साथै, जरीवाना तिरे पश्चात सवारी धनीलाई बुधबार मोटरसाइकल जिम्मा लगाइएको छ।
सम्बन्धित खबर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति
छविलाई अनुसन्धान गर्न काठमाडौँ पुर्याइयो
कुमार रम्तेललाई काठमाण्डौमा बयान पछि पुनः पोखरा ल्याइयो
दाउराले टाउकोमा हानेर श्रीमानको हत्या
तनहुँमा साढे ६ लाखसहित कौडा खेलिरहेका १३ जना पक्राउ
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ