सुदूरपश्चिममा एमालेका १० सांसदले रोजे एकीकृत समाजवादी

सुदूरपश्चिममा एमालेका १० सांसदले रोजे एकीकृत समाजवादी

sudurpachhim

काठमाडौँ । सुदूरपश्चिम प्रदेशसभामा एमालेका १० जनाले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) रोजेका छन् ।

नेकपा एमाले पार्टी विभाजन पछि उनीहरुले मंगलबार औपचारिकरुपमा सुदूरपश्चिम प्रदेश निर्वाचन आयोगको कार्यालय धनगढीमा उपस्थित भएर नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् ।

सनाखत गर्नेहरुमा हाल मन्त्री रहेकाहरु पूर्णा जोशी, लालबहादुर खड्का, राज्यमन्त्रीहरु चुनकुमारी चौधरी र मनाकुमारी साउँद, प्रमुख सचेतक दुर्गाकुमारी कामी, पूर्व मन्त्री माया भट्ट, सांसदहरु सुशिला बुढाथोकी, कूलवीर चौधरी, अमर साउँद र बलबहादुर सोडारी रहेका छन् ।

नयाँ पार्टी रोज्नका लागि निर्वाचन आयोगले दिएको भदौ २२ गतेसम्मको समयसीमाभित्र अन्य केही सांसदले पनि सनाखत गर्ने जनाइएको छ ।

यसअघि प्रदेशसभामा सभामुखसहित एमालेका २५ सांसदमध्ये १८ जना माधव नेपाल समूहमा र ७ जना केपी ओली समूहतिर खुलेको भएपनि नयाँ पार्टी दर्ता भएपछि अंक गणित फेरबदल भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds