खोप लगाउन नपाएको भन्दै वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका युवाद्वारा विरोध प्रदर्शन

खोप लगाउन नपाएको भन्दै वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका युवाद्वारा विरोध प्रदर्शन

yuba-pradarsan

काठमाडौँ । वैदेशिक रोजगारीमा जाने तयारी पूरा गरेका युवाहरुले कोरोना विरुद्धको खोप लगाउन नपाएको भन्दै आज काठमाडौँमा विरोध प्रदर्शन गरेका छन् ।

माइतीघर मण्डलामा भेला भएर उनीहरुले प्रदर्शन गरेका हुन् । घण्टौँ लाइनमा बस्दा पनि खोप लगाउन नपाएको भन्दै उनीहरुले विरोध गरेका छन् ।

रोजगारदाता देशहरुले खोपलाई अनिवार्य गरेका छन् । भिसालगायतका प्रक्रिया पूरा गरेका युवाहरु घण्टौं लाइनमा बस्दा पनि खोप लगाउन नपाएपछि आक्रोशित हुँदै सडकमा निस्किएका हुन् ।

उनीहरुले वैदेशिक रोजगारीमा जानेहरुलाई एक डोज मात्रै लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको खोप दिन पनि माग गरेका छन् । अस्पतालले खोपका लागि टोकन दिए पनि खोप नपाए पछि टोकनसहित युवाहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

सरकारले वैदेशिक रोजगारीमा जानेहरुका लागि एक डोज मात्रै लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको खोप लगाउने भने पनि खोपको मनपरी वितरणका कारण लक्षित वर्गमा खोप पुग्न नसकेको पाइएको छ । सोही खोप लगाउन हप्तौंदेखि कुरेको तर अन्तिममा खोप सकिएको भनेर आफूहरुलाई निराश बनाएको गुनासो पनि युवाहरुले गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds