टिपरको ढालामा च्यापिएर पोखरामा एक युवकको मृत्यु भएको छ।
बुधबार साँझ पोखरा महानगरपालिका -१४ खाल्टे मसिनास्थित सडकमा ग २ ख २२४ नंवरको टिपरको ढालामा च्पापिएर सामान लोड अनलोडको काम गर्ने एक युवकको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा सिन्धुली जिल्ला दुधौली नगरपालिका वडा नं -५ घर भइ हाल पोखरा -१५ बस्दै आएका २८ वर्षीय अजय रोका रहेका छन्।
प्रहरीका अनुसार ढालाले च्यापिएर गम्भिर घाइते भएका रोकालाई तत्काल उपचारका लागि पश्चिमान्चल सामुदायिक अस्पताल पृथ्बीचोक लगिएकोमा उनको उपचारका क्रममा मृत्यु भएको हो।
घटनाको जानकारी लगत्तै खटिएको प्रहरीको टोलीले टिपर र टिपरका चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।
सम्बन्धित खबर
राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ