काठमाडौँ । अब दुईदेखि तीन घण्टामा क्यूआरसहितको खोप कार्ड पाइने भएको छ । आकस्मिक रुपमा विदेश जानेहरुका लागि लक्षित गर्दै सरकारले तत्कालै खोप कार्ड उपलब्ध गराउने भएको हो ।
स्वास्थ्य विभाग अन्तर्गतको स्वास्थ्य सूचना तथा खोप केन्द्रले आज साँझ वा भोलि बिहान नै कोही विदेश जानु परे अनलाइन फर्म भरेर रजिस्ट्रेसन नम्बर लिएर आएको खण्डमा दुईदेखि तीन घण्टाभित्रै खोप कार्ड उपलब्ध गराउने जनाइएको छ ।
यसका लागि टेकुस्थित स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखामा सम्पर्क गर्न सकिने केन्द्रका वरिष्ठ जनस्वास्थ्य अधिकृत डा. दीपक झाले जानकारी दिए ।
यसैबीच वैदेशिक रोजगारमा जाने श्रमिकले अबदेखि वैदेशिक क्यूआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीले ईमेलमार्फत पठाउने व्यवस्था गरेसँगै अब सेवाग्राहीलाई लाइन बस्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।
अहिलेसम्म झण्डै ३२ हजारले क्यूआरसहितको खोप कार्ड लिइसकेका छन् ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम