घरघरबाट मान्छे उठाएर बलजफ्ती अपहरण गरी रिसोर्टमा राखियो- केपी ओली

घरघरबाट मान्छे उठाएर बलजफ्ती अपहरण गरी रिसोर्टमा राखियो- केपी ओली

kp-sharma-oli

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समूहले आफ्ना सांसदहरूलाई बलजफ्ती अपहरण गरि तीन दिनदेखि थुनेर राखेको आरोप लगाएका छन्।

बुधबार पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले भने घरघरबाट मान्छे उठाएर तीन दिनदेखि रिसोर्टमा लगेर थुनेर राखेको आरोप लगाए।

‘घरघरबाट मान्छे टिपेर रिसोर्टमा लगेर तीनदिनदेखि मान्छे थुनेर रखिएको छ। त्यो पनि यहाँ वरिपरि होइन उहाँ पर टाकुरामा लगेर राखिएको छ’, उनले भने, ‘तीन दिनदेखि थुनेर रिसोर्समा लगि ढोक्सेमा हालेर निर्वाचन आयोगमा घोप्ट्याउने काम भयो। यो काम लोकतान्त्रिक होइन, वास्तवमा भन्ने हो भने यो बलजफ्ती अपहरण र ज्याजदीपूर्ण काम हो।’

‘मान्छेलाई घेराबन्दीमा पारियो। बाध्य पारियो। ललाई फकाइ मिठा गुलिया बचन बोलेर मिठा खान दिएर राम्रै बिस्तारामा राखेर फकाइयो’, ओलीले भने,‘सुनकै पिँजडा भए पनि आखिर त्यो पिँजडै है। थुनिएकै हो। चाहे जे सुकैमा हो। यस्तो खाले काम भएको छ। यो असंवैधानिक र अलिकतान्त्रिक काम हो।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds