मोटरसाइकल पर्यटक गाडीसँग ठोक्किँदा पोखरामा युवकको मृत्यु

मोटरसाइकल पर्यटक गाडीसँग ठोक्किँदा पोखरामा युवकको मृत्यु

bike-accident

पोखरा। सोमबारराति मोटरसाइकल र गाडी एकआपसमा ठक्कर खाँदा एक युवकको मृत्यु भएको छ।

पोखरा महानगरपालिका वडा नं -७ नागढुंगास्थित सडकमा ग २० प ६०७५ नंवरको मोटरसाइकल र ग १ य ११७१ नंवरको गाडी एकापसमा ठक्कर खाँदा मोटरसाइकल चालक पोखरा -१७ बिरौटा बस्ने २९ वर्षीय कृष्ण देवकोटाको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटना पश्चात गम्भीर घाइते देवकोटालाई उपचारका लागि चरक मेमोरियल अस्पताल लगिएकोमा उपचारका क्रममा ज्यान गएको हो।

प्रहरीले ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिएको छ भने, घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान शुरु गरिएको जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds