आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि, पेट्रोल अब प्रतिलिटर १३० रुपैयाँ

आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि, पेट्रोल अब प्रतिलिटर १३० रुपैयाँ

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

निगमले खाना पकाउने ग्यास, पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको हो।

भारतबाट मूल्य वृद्धि भएर आएकोले मूल्य समायोजन गरिएको निगमको भनाइ छ । वृद्धि भएको मूल्य सोमवार राति १२ बजेदेखि लागू हुनेछ।

मूल्य वृद्धि भएसँगै पेट्रोलको मूल्य प्रतिलिटर १३० रुपैयाँ पुगेको छ। त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ११३ रुपैयाँ पुगेको छ भने आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर ८६ रुपैयाँ पुगेको छ।

यस्तै खाना पकाउने ग्यासको मूल्य पनि प्रतिसिलिण्डर २५ रुपैयाँले बढेको छ। अब ग्यासको मूल्य प्रतिसिलिण्डर १४५० रुपैयाँ पर्नेछ।

अन्तर्राष्ट्रियतर्फको हवाइ इन्धनको मूल्य प्रतिकिलोलिटर अमेरिकी डलर १६ ले बढाइएको छ। अब यस्तो इन्धनको मूल्य प्रतिकिलोलिटर ७७० अमेरिकी डलर पर्नेछ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds