काठमाडौँ । नेपालमा पछिल्लो एक महिनामा थप ४८ लाख जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
साउन १ देखि भदौ ३ गतेसम्म ४८ लाख ११ हजार ७ सय ३३ जनाले कोरोना विरुद्धको खोप लगाएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । त्यसअघि करिब ३६ लाखले खोप लगाएका थिए ।
भदौ ३ गतेसम्म कोरोना भाइरसविरुद्धको खोप लगाउनेको संख्या ८५ लाख २० हजार ४ सय २१ पुगेको छ । त्यसमध्ये ३७ लाख ८ हजार ६ सय ८८ जनाले कोरोना भाइरसविरुद्धको दुवै डोज खोप लगाएका छन् । अहिले कोरोनाको दुवै डोज खोप लगाउने जनसंख्या १३ प्रतिशत पुगेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। पहिलो डोज लगाउने जनसंख्या भने १६.८ प्रतिशत पुगेको छ। पछिल्लो पाँच हप्तामा कोरोनाको खोप लगाउनेको संख्या झण्डै दोब्बरले बढेको छ।
सरकारले असोज मसान्तसम्ममा ३३ प्रतिशत नागरिकलाई र चैतसम्म सबैलाई खोप लगाउने घोषणा गरेको छ ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम