पोखरा। शुक्रबार निषेधाज्ञाको उल्लङ्घन गर्ने ४२१ सवारी साधनलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ।
नियन्त्रणमा लिइएका सवारी मध्ये ३ सय ८९ वटा दुई पाङ्ग्रे छन् भने, ३२ वटा चार पाङ्ग्रे सवारी छन्।
नियन्त्रणमा लिइएका सवारीलाई होल्डिङ एरियामा राखिएको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए।
पछिल्लो समय जिल्लामा कोरोना संक्रमणदर र मृत्युदर बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले भाद्र ३ गते राति १२ बजेबाट लागु हुने गरी जारी निषेधाज्ञा एक साताका लागि थप गरेको छ। थप भएको निषेधाज्ञामा जिल्ला भित्र संचालन हुने सार्वजनिक तथा निजी सवारीमा जोर विजोर अनिवार्य गरिएको छ।
सम्बन्धित खबर
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ