लण्डनमा भूतपूर्व गोर्खाहरुले सुरु गरेको अनशन तोडियो

लण्डनमा भूतपूर्व गोर्खाहरुले सुरु गरेको अनशन तोडियो

london_vCCa0qSl7F

काठमाडौँ । समान पेन्सनलगायतका अधिकारको माग राख्दै १३ दिनदेखि आमरण अनशनमा रहेका पूर्व गोर्खाले बिहीबार अनशन तोडेका छन् ।

बेलायत सरकारले नेपाल सरकार र गोर्खा प्रतिनिधिसँग वार्ता गरि उनीहरुका समस्या समाधान गर्ने लिखित प्रतिबद्धता जनाएपछि अनशन तोडिएको हो ।

बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी र बेलायतका रक्षा राज्यमन्त्री लियो डोचेर्टीले जुस पिलाएर अनशन तोडाएका हुन् ।

भूपू गोर्खाहरूको पेन्सनलगायतका विषयमा गोर्खा प्रतिनिधि, नेपाल सरकार र बेलायत सरकारबीच आगामी सेप्टेम्बर ८ (भदौ २३) मा त्रिपक्षीय वार्ता हुने सहमति भएको छ ।

नेपाल र बेलायत सरकारबीच भूपू सैनिक गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिका प्रतिनिधिको रोहवरमा वार्ता हुने समितिका सल्लाहकार रविन चाम्लिङ राईले जानकारी दिए ।

समितिले बेलायतका पूर्वगोर्खा, विभिन्न राजनीतिक दल तथा तिनका नेता र आम नागरिक सबैलाई आफ्नो आन्दोलनमा समर्थन गरेकामा धन्यवाद दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds