अफगानिस्तानका राष्ट्रपति घानी यूएईको शरणमा

अफगानिस्तानका राष्ट्रपति घानी यूएईको शरणमा

asraf_Ghanis

Pic. Getty Image

काठमाडौँ । तालिबानले अफगानिस्तान कब्जा गरेपछि देश छाडेका अफगानिस्तानका राष्ट्रपति असरफ घानीले संयुक्त अरब इमिरेट्स (युएई)मा शरण लिएका छन् ।

यूएईको विदेश मन्त्रालयले मानवताको आधारमा राष्ट्रपति घानी र उनको परिवारलाई आफ्नो देशमा स्वागत गरेको जनाएको छ ।

तालिबान लडाकुहरु राजधानी काबुल प्रवेश गरेलगत्तै गत आइतबार घानीले देश छाडेका थिए ।

शुरुमा उनी भागेर ताजिकिस्तान गएको समाचार सार्वजनिक भएको थियो । तर, समाचार संस्था अल जजिराले घानी र उनको परिवार तथा सेना प्रमुख र राष्ट्रिय सुरक्षा सल्लाहकार भागेर उज्वेकिस्तान गएको दाबी गरेको थियो ।

सङ्कटका बेला देश र नागरिकलाई छोडेर भागेको भन्दै उनको आलोचना पनि भइरहेको छ । पहिलो पटक सन् २०१४ मा अफगानिस्तानको राष्ट्रपति भएका घानीले दोस्रो पटक सन् २०१९ मा सत्ता सम्हालेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds