काठमाडौँ । अफगानिस्तानको काबुलबाट थप ८७ जना नेपाली काठमाडौँ आइपुगेका छन् ।
काबुलबाट उद्धार गरेर कुवेत पु-याइएका उनीहरु त्यहाँबाट जजिरा एअरमाफर्त गएराति ११ बजे काठमाडौँ आइपुगेको जनाइएको छ ।
हिजो बिहान पनि ११८ जना नेपाली काठमाडौँ आइपुगेका थिए । अमेरिकी सरकारको बन्दोबस्तीमा नेपालीहरु काठमाडौँ आइपुगेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
अमेरिकी दूतावासमा सुरक्षागार्डका रूपमा रहेका ३८५ मध्ये २०५ जना नेपाल आइपुगेका छन् भने उद्धार गरेर कतार पु-याइएका अन्यलाई पनि स्वदेश ल्याउने तयारी भइरहेको छ । स्वदेश ल्याइएकाहरुलाई प्रक्रिया पु-याएर घर पठाउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
अफगानिस्तानमा अझ धेरै नेपालीहरु उद्धारको पर्खाइमा छन् । मंगलबार साँझसम्म अफगानिस्तानमा रहेका २५६ जना नेपालीले कन्सुलर सेवा विभागको बेव पोर्टलमा घर फर्कनको लागि आफ्नो विवरण दर्ता गरेको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा