काठमाडौँ । प्रदेश २ का प्रदेश प्रमुख राजेश झा (अहिराज) पदमुक्त भएका छन् ।
मन्त्रिपरिषद्को साउन ३२ गतेको निर्णयअनुसार राष्ट्रपतिले संविधानको धारा १६५ को उपधारा १ को खण्ड ‘ख’ बमोजिम झालाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले झालाई पदमुक्त गरी महोत्तरीका हरिशंकर मिश्रलाई नियुक्त गर्न सिफारिस गरेको थियो । प्रदेश प्रमुखमा सिफारिस भएका मिश्र कांग्रेसका पुराना नेता हुन् ।
केपी शर्मा ओली नेतृत्वको सरकारले माओवादी कोटाका तिलक परियारलाई हटाएर ७ फागुन २०७७ मा झालाई प्रदेश प्रमुख नियुक्त गरेको थियो ।
अहिले शेरबहादुर देउवा नेतृत्वको सरकारले हरिशंकर मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गरेको हो ।
सम्बन्धित खबर
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
देशका दुई ठूला दलले शक्ति प्रदर्शन गर्दै
‘प्रधानमन्त्रीकै नागरिकता र हस्ताक्षर किर्ते गर्नेले कसैको बाँकी राख्दैन’
कांग्रेस–एमालेको सहमतिमा चीन भ्रमणका एजेन्डा तय हुन्छ : गृहमन्त्री लेखक
बीआरआई सम्झौताबारे एमालेसँग साझा धारणा बनाएर अघि बढ्छौं : गगन थापा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते