अफगानिस्तानमा रहेका १३४ नेपाली सरकारको सम्पर्कमा

अफगानिस्तानमा रहेका १३४ नेपाली सरकारको सम्पर्कमा

pararashtra-mantralaya

काठमाडौँ । अफगानिस्तानमा रहेका १३४ जना नेपाली नागरिक सम्पर्कमा आएका छन् ।

आइतबार बेलुकासम्म कन्सुलर सेवा विभागको वेबपोर्टलमा १३४ जना नेपालीले आफ्नो विवरण दर्ता गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनीहरुलाई एक/दुई दिनमै स्वदेश फर्काउने तयारी छ ।

मन्त्रालयले आइतबार एक विज्ञप्ति प्रकाशित गरी अफगानिस्तानमा रहेका नेपाली नागरिकको विवरण संकलनका अनलाइन रजिस्ट्रेसनसहित सम्पर्कका लागि भाइबर, हृवाट्सएप सुविधासहितको मोबाइल नम्बरहरु पनि सार्वजनिक गरेको थियो ।

उद्धार तथा सुरक्षित स्थानमा राख्नका लागि सरकारले मित्र राष्ट्रहरू, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत, क्यानडा, जर्मनी, युरोपियन युनियन, जापान तथा संयुक्त राष्ट्र संघका कार्यालयलाई पत्राचार समेत गरिसकेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds