एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक आज बस्दै

एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक आज बस्दै

UML Meeting

काठमाडौँ । नेकपा एमालेले आज (मंगलबार) स्थायी कमिटी र संसदीय दलको बैठक बोलाएको छ ।

सरकारले संसद् अधिवेशन अन्त्य गरे लगत्तै अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् । आज बिहान ११ बजे बोलाइएको स्थायी कमिटी बैठकलगत्तै संसदीय दलको बैठक पनि बस्ने जनाइएको छ ।

सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले आपत्ति जनाएका छन् ।

सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन अन्त्य गरेकी छन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds