काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ।
पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बिहान ११ बजे बैठक बस्न लागेको हो। बिहीबार कुनै निर्णय हुन नसकेपछि केन्द्रीय कार्यसमितिको बैठक आजलाई सारिएको थियो।
आजको बैठकमा पनि १४औं महाधिवेशनका विषयमा छलफल हुने जनाएको छ। कांग्रेसको १४औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने तय गरिएको छ।
हिजोको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुले तोकिएको समयमा महाधिवेशन नगरे पार्टीको वैद्यता समाप्त हुने भएकाले मिति नसार्न सुझाव दिएका थिए। साथै केही नेताहरुले सार्नै परे पनि असोजभित्र महाधिवेशन जसरी पनि सम्पन्न गर्न नेतृत्वलाई दबाब दिएका छन्।
आजको बैठकमा उपसभापति विमलेन्द्र निधिले पेश गरेको प्रतिवेदन तथा महामन्त्री पूर्णबहादुर खड्काले पेश गरेका विभिन्न प्रस्तावमाथि बाँकी सदस्यहरुले बोल्ने कार्यक्रम रहेको जनाइएको छ ।
सम्बन्धित खबर
रविलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
बालेन शाह परिचालित व्यक्ति हुन् भन्ने प्रष्ट भयो: शंकर पोखरेल
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
देशका दुई ठूला दलले शक्ति प्रदर्शन गर्दै
‘प्रधानमन्त्रीकै नागरिकता र हस्ताक्षर किर्ते गर्नेले कसैको बाँकी राख्दैन’
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम