नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा अोलीले अहिलेको सरकारले सबै भत्काउने काम मात्रै गरेको आरोप लगाएका छन् ।
ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले प्रेम ध्वज प्रधानले गाएको ‘पर लैजाऊ फूलहरु, छोपिदेऊ तारा जुन, बन्दगर गीतहरु, तिम्रो याद आउने सबै चिजहरु’ शैलीमा भने- ‘भत्काइदेऊ धरहरा, पुरिदेऊ रानी पोखरी, टालिदेउ मेलम्ची, भत्काइदेऊ सडक पुल र विमानस्थलहरु। ओली याद आउने सबै चिजहरु।’
अोलीले गठबन्धन सरकार एक महिनासम्म विस्तार हुन नसकेकोमा पनि कटाक्ष गरे। ‘उहाँहरूले जनताका लागि केही नयाँ गर्ने होइन, के भत्काउने भनेर काम सुरु भएको छ,’ ओलीले भने, ‘हिजो आफनो पार्टीको समस्याले सदन विघटन गर्न पाइन्छ भन्नेहरुको पार्टीहरुको किचलो छरपष्ट भएको छ। के अब आफ्नो पार्टी र गठबन्धनको समस्याको कारण राष्ट्रको समय बर्बाद गर्न पाइन्छ?’, उनको प्रश्न थियो।
उनले गठबन्धन सरकारले ल्याएको साझा नीति कार्यक्रमको मूल प्रस्तावनाबाट आफूहरुमाथि गाली र आक्रमण सुरु भएको समेत बताए ।
सम्बन्धित खबर
दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
मृत्युपछि मानवअंग दान गर्ने परिवारलाई २ लाख दिइने
रविलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
हिरासतमा रहेका रविमाथि अदालतको चार पक्राउ पुर्जी
आजबाट शुल्क तिरेर धरहरा चढ्न पाइने
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम