दाम्पत्य जीवन कसरी सुखमय बन्छ रु कसरी उनीहरुलाई खुशी र आनन्द मिल्छ रु किनभने कतिपय दाम्पत्य सम्बन्ध त्यति प्रेमिल हुँदैन । उनीहरुबीच विश्वास र प्रेमको अभाव हुन्छ । त्यही कारण यस्तो दम्पतीबीच मनमुटाव एवं कलह भइरहन्छ ।
जब दम्पतीबीच कलह हुन्छ, त्यो उनीहरुमा मात्र सीमित रहँदैन । त्यो कलहले सबैभन्दा बढी उनीहरुकै अबोध बालबच्चालाई पिरोल्छ । आमाबुवाको झगडा उनीहरुका लागि ठूलो यातना जस्तै हुन्छ । यसले उनीहरुमा मानसिक पीडा थपिदिन्छ ।
यसैगरी दम्पतीको झगडाले उनीहरुका आमाबुवा, परिवारका सदस्यलाई समेत दुःख दिन्छ । पारिवारिक माहौल बिग्रिन्छ । घर वास्तवमा घर जस्तो रहँदैन ।
त्यसैले दम्पतीबीचको सम्बन्ध प्रेमिल र विश्वासले भरिपूर्ण हुन जरुरी हुन्छ । जब दम्पती खुसी हुन्छन्, त्यसको सकारात्मक प्रभाव उनीहरुको घर परिवारमा पर्छ । यसले घरलाई नै स्वर्ग बनाउँछ । दम्पतीबीच सुख र खुसी चाहिँ के कुराले ल्याउँछ रु
यसका लागि भौतिक सुख सुविधा, सम्पति महत्वपूर्ण हुँदैन । धनीमानी परिवारमा पनि दम्पतीबीच कलह र असमझदारी हुन्छ । किनभने यो आर्थिक, भौतिक भन्दा पनि भावनात्मक कुरा हो । श्रीमान र श्रीमतीबीचको सम्बन्ध सुमधुर भइरहनुमा उनीहरुको भावनात्मक स्थितिले भूमिका खेल्छ । उनीहरुको बोली–व्यवहार, आचारण, सोच चिन्तन, समझदारी आदिले दाम्पत्य जीवनलाई सुखमय बनाइरहन्छ । अतः यसका लागि श्रीमान र श्रीमती दुवै एकअर्काको परिपूरक हुनुपर्छ ।
समझदार
दाम्पत्य जीवनलाई सुखमय बनाइरहनका लागि पहिलो शर्त हो, समझदारी । घर व्यवहार चलाउने कुरामा कतिपय मतभेद हुनसक्छ । व्यावहारिक कुराहरुमा उनीहरुले एकअर्कालाई साथ दिनुपर्छ । एकअर्काको काँध थाप्नुपर्छ ।
मान्छे सबै कुरामा पोख्त र सर्वगुणले सम्पन्न हुँदैनन् । मान्छेमा कमजोरी हुन्छ । श्रीमानले अपेक्षा गरेजस्तै श्रीमतीमा सबै गुण वा दक्षता नहुन सक्छ । श्रीमतीले अपेक्षा गरेजस्तै श्रीमान सर्वगुणले सम्पन्न नहुन सक्छ । मान्छेको यो स्वाभाविक प्रकृतिलाई दुवैले बुझ्न र स्विकार गर्न जरुरी छ ।
कुनै पनि कुरामा आफ्नो मात्र निर्णय सही भन्ने, आफुलाई मात्र सर्वोपरि ठान्ने गल्ती गर्नुहुँदैन । एकअर्काको कमजोरी र क्षमतालाई बुझेर व्यवहारिक तालमेल मिलाउनुपर्छ ।
उत्तरदायी
हरेक कुरामा उत्तरदायी एवं जिम्मेवार बोध गर्नुपर्छ । परिवार वा श्रीमान्÷श्रीमतीका खातिर आफूले निर्वाह गर्नुपर्ने उत्तरदायित्व के हो रु बुझ्नुपर्छ ।
परिवारमा हरेक सदस्यको आ–आफ्नै जिम्मेवारी हुन्छ, उत्तरदायित्व हुन्छ । विवाह गरेपछि त्यस्ता उत्तरदायित्व थप बढ्छ । आफुले कसलाई कस्तो व्यवहार गर्नुपर्ने, कसको लागि के काम गर्नुपर्ने सबै कुरा बुझ्नुपर्छ । कुनै पनि समस्या, अप्ठ्यारमा भाग्ने होइन, त्यसलाई आफ्नो दायित्व सम्झेर सल्टाउने प्रयास गर्नुपर्छ ।
संस्कार
हरेक परिवारको आफ्नै संस्कार हुन्छ । त्यही संस्कारले नै परिवारलाई एकढिक्का बनाइराख्छ । यसले ठूलालाई श्रद्धा गर्न, सानालाई माया गर्न सिकाउँछ । सबैको काम र कर्तव्य बोध गराउँछ । आपसी माया र सद्भाव कायम गर्छ । त्यसैले पारिवारिक संस्कारलाई दुवैले अँगाल्नुपर्छ ।
संस्कारले परिवारलाई पथभ्रष्ट हुन दिंदैन । यसले एकअर्काप्रति उत्तरदायी, जिम्मेवार, विनयी, विनम्र बनाउन अभ्यास गराउँछ ।
त्यसैले घर–परिवारको संस्कारलाई पालना गर्नुपर्छ । यसले अनुशासित जीवनशैलीमा बाँच्न सिकाउँछ । जब परिवारका सदस्यहरु अनुशासित हुन्छन्, तब परिवारको लय मिल्छ ।
उत्साहित र रमाइलो
धेरै गंभीर वा संवेदनशील हुँदा पनि आपसी सम्बन्ध राम्रो हुँदैन । जीवनलाई सरल रुपमा लिने र साधरण हिसाबले जीवनयापन गर्ने प्रयास गर्नुपर्छ । परिवारमा रमाइलो माहौल बनाइराख्नुपर्छ । सानो प्राप्तिमा खुसी हुने, रमाउने बानीको विकास गर्नुपर्छ । ख्यालठट्टा, मनोरञ्जनलाई जीवनको एउटा हिस्सा बनाउनुपर्छ ।
सम्बन्धित खबर
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
ठूलो सपना देख्दिनँ, आवधिक योजना बनाएर काम गर्छु : स्वास्थ्यमन्त्री पाठक
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते