मनाङमा १८ वर्षमाथिका सबै नागरिकले लगाए कोरोना खोप

मनाङमा १८ वर्षमाथिका सबै नागरिकले लगाए कोरोना खोप

corona-khop

मनाङमा १८ वर्षमाथिका सबै नागरिकले खोप पाएका छन् ।

जिल्लामा सक्रिय संक्रमित बाहेकका खोप लगाउन योग्य सबै व्यक्तिले कोरोना विरुद्धको खोप लगाएका हुन् । जिल्लाका चारवटै स्थानीय तहमा विभिन्न चरणमा खोप अभियान सुरु गरी सबै नागरिकलाई खोप सेवा उपलब्ध गराएको स्वास्थ्य कार्यालय, मनाङले जनाएको छ ।

स्वास्थ्य कार्यालय, मनाङका अनुसार मनाङका ४ हजार १ सय ९८ जनालाई कोरोना विरुद्धको खोप लगाइएको हो । ङिस्याङ गाउँपालिकामा १ हजार २ सय ९१ जनाले खोप लगाएका छन् ।

यस्तै नार्पाभूमि गाउँपालिकामा ४ सय, सदरमुकाम चामेमा १ हजार ४ सय ३७ र नासोङ गाउँपालिकामा १ हजार ७० जनाले कोरोनाको खोप लगाएका हुन् ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा २ हजार २७ जनाले जोन्सन, ७५ जनाले भेरोसेल र अरुले कोभिसिल्ड खोप लगाएका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
जम्न थाले मनाङका नदी र ताल
पत्रकार आरजु विष्ट सल्यानी सम्मानित

ट्रेन्डिङ


This will close in 3 seconds