पोखरा । शनिबार गण्डकीका ५१९ जनामा कोरोना पुष्टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार २०१ जनामा गरिएको नमुना परीक्षणमा थप ५१९ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ ।
आज संक्रमण पुष्टि हुनेमा गण्डकीका सात जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ४५६ जनाको नमुना परीक्षण गर्दा २५५ जना, तनहुँका ३४२ जनाको परीक्षण गर्दा १०७ जना, गोरखाका १९७ जनाको परीक्षण गर्दा ५७ जना, लमजुङका ३२ जनाको परीक्षण गर्दा दुई जनामा कोरोना पुष्टि भएको छ।
यस्तै नवलपुरका ८३ जनाको परीक्षण गर्दा ५४ जना, स्याङ्गजाका ६० जनाको परीक्षण गर्दा ३६ जना र बागलुङका ३१ जनामा गरिएको परीक्षण आठ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ ।
आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ६७ हजार ७०२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट २२२ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ६१ हजार ६४८ पुगेको छ।
शनिबार गण्डकीमा थप आठ जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमास स्याङ्गजाका एक जना, नवलपुरका दुई जना, कास्की जिल्ला पोखरा महानगरका चार जना र पर्वतका एक जना छन् ।
आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १०९६ पुगेको निर्देशनालयले जनाएको छ ।
सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम