ओलीले अध्यक्ष छाडेपछि मात्र पार्टीमा एकता हुन्छः रामकुमारी झाक्री

ओलीले अध्यक्ष छाडेपछि मात्र पार्टीमा एकता हुन्छः रामकुमारी झाक्री

ramkumar jhakri

नेकपा एमालेकी नेतृ रामकुमारी झाक्रीले अध्यक्ष केपी शर्मा ओलीको आत्मालोचना गरेकी छन् ।

शनिबार अखिल फोर्सको बृहत भेलालाई सम्बोधन गर्दै नेतृ झाँक्रीले ओलीले अध्यक्ष छाडेपछि मात्र पार्टीमा एकता हुनसक्ने बताइन् ।

यस्तै, मुलुकको राजनीतिलाई अहिलेको स्थितिमा पुर्‍याउनेहरु मूलधारबाट बाहिर नहुँदासम्म एकता हुन नसक्ने दाबी गरेकी छन् ।

उक्त कार्यक्रममा बोल्दै प्रतिगमनकारीले सामान्य प्रयश्चित पनि नगरी कुममा कुम जोडाएर मात्र एकता हुन्छ भनेर प्रश्न समेत गरेकी छन् ।

‘आफू पार्टी एकता विरोधी नभएको पनि बताएकी छन् । पुस ५ र जेठ ७ प्रतिगमन कि जनादेश भन्ने प्रष्ट हुनुपर्ने बताइन् ।

एमालेभित्र संसद विघटनलाई प्रतिगमन र जनादेश बन्ने दुईथरि मत रहेको भन्दै उनले यसमा समान धारणा नहुँदासम्म पार्टी एकता कसरी हुन सक्छ भनी प्रश्न गरिन् ।

नेतृ झाँक्रीले यसको जवाफ १० बुँदे सहमतिले दिन नसक्ने बताइन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds